अमेरिकी मतदाताहरूले आगामी नोभेम्बर ५ मा आफ्नो नयाँ राष्ट्रपतिलाई चयन गर्न मतदान गर्नेछन् । सुरुमा यो चुनाव २०२० को पुनरावृत्ति जस्तै देखिएको थियो, तर जुलाई महिनामा राष्ट्रपति जो बाइडनले आफ्नो अभियान अन्त्य गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेपछि यसले नयाँ मोड लिएको छ ।
अब मुख्य प्रश्न यो छ – अमेरिका पहिलो पटक महिला राष्ट्रपतिलाई स्वागत गर्नेछ कि डोनाल्ड ट्रम्प पुनः दोस्रो कार्यकालमा पुग्नेछन्?
कमला ह्यारिसले जुलाईको अन्त्यतिर दौडमा प्रवेश गरेदेखि नै राष्ट्रिय मतदानमा ट्रम्पभन्दा केही अग्रता लिएकी छिन् । अगस्टको अन्त्यसम्म, ह्यारिसले करिब चार प्रतिशत अंकको अग्रता हासिल गरेकी थिइन् । तर, विशेष गरी सेप्टेम्बर १० मा सम्पन्न एकमात्र उम्मेदवार बहसपछि पनि सेप्टेम्बरको शुरु भएयता संख्या स्थिर देखिएको सर्वेक्षण नतिजा उही छ । उक्त बहस जुन लगभग ७० मिलियनले मतदाताले हेरेका थिए ।
राष्ट्रिय मतदानमा प्राप्त हुने लोकप्रिय मतले उम्मेदवारहरूको लोकप्रियताबारे जानकारी दिने भए पनि त्यसले चुनावी परिणाम निर्धारण भने गर्दैन । अमेरिकामा राष्ट्रपतिका लागि इलेक्टोरल कलेज प्रणालीको प्रयोग गरिन्छ, जसमा प्रत्येक राज्यलाई जनसंख्याको आधारमा मत दिन्छ । चुनाव जित्नका लागि ५३८ इलेक्टोरल कलेज मतमध्ये २७० मत आवश्यक पर्छ ।
यस पटकको चुनावमा सातवटा निर्णायक राज्यहरूमा मत अत्यन्तै प्रतिस्पर्धात्मक दखिएको छ । यसले गर्दा कुनै पनि उम्मेदवारले निर्णायक अग्रता लिएको देखिएको छैन । एरिजोना, जर्जिया, र नर्थ क्यारोलिनामा नेतृत्व केही पटक फेरबदल भएको छ भने नेवाडामा हाल ह्यारिस अगाडि देखिएकी छन् ।
मिशिगन, पेन्सिल्भेनिया, र विस्कन्सिनजस्ता राज्यहरूमा ह्यारिस अगस्टदेखि अग्रता लिइरहेकी छिन्, तर पछिल्ला केही दिनहरूमा मत सर्वेक्षणहरू थप प्रतिस्पर्धी देखिन थालेको छ । यी राज्यहरू २०१६ मा ट्रम्पले जितेका थिए, तर २०२० मा बाइडनले जिते । यदि ह्यारिसले यी राज्यहरू जित्न सकिन् भने उनी चुनाव जित्ने बाटोमा हुनेछिन् ।
यसबाहेक, जब राष्ट्रपति बाइडन चुनावबाट बाहिरिने निर्णय पुगेका थिए, त्यसताका स्विङ राज्यहरूमा ट्रम्पको तुलनामा लगभग पाँच प्रतिशत अंकले उनि पछाडी थिए। विशेष गरी पेन्सिल्भेनियामा बाइडन करिब ४.५ प्रतिशत अंकले पछि परेका थिए, जुन दुबै अभियानका लागि अत्यन्तै महत्त्वपूर्ण राज्य हो ।
हालका मत सर्वेक्षणहरूका अनुसार ह्यारिस र ट्रम्प बीचको मतअन्तर धेरै नजिक छ, जसले गर्दा चुनावको परिणाम भविष्यवाणी गर्न कठिन छ ।