ताप्लेजुङको नो केवलकार समूह र प्रहरीबीच फेरी झडप भएको छ । फुङ्लिङ बजारमा राँके जुलुस निकाल्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीचमा झडप भएको हो ।
नो केबलकार पक्षले शनिबार साँझ फुङलिङ बजारमा राँके जुलुस निकालेको थियो । झडपमा धरानका एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भुर घाइते भएको जनाइएको छ।
काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा राँके जुलुस निकालेका थिए । यस्तै, प्रहरीतर्फ ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसअघि शुक्पबार पनि काफ्लेपाटीमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएके थियो । यसअघि भएको झडपमा प्रहरीको गोली लीगेर तीन जना घईते समेत भएका ऱ्थिए ।









