२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

अमेरिकाले  थप १० जना गैरकानुनी रूपमान बसोबास गरिरहेका नेपाली फर्काउने



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अवैध आप्रवासी निष्कासन गर्ने योजना अनुरूप थप १० नेपालीलाई फर्काइने भएको छ ।  

उनीहरूलाइ बुधबार चार्टर विमानबाट काठमाडौं ल्याउने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारहरूका अनुसार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिममार्फत बुधबार बिहान १० बजे अवतरण गर्ने तालिका छ ।

ट्रम्पले कार्यभार सम्हालेयता आधिकारिक कागजातविहीनलाई निष्कासन गर्ने कार्य तिब्र बनाइएको छ । 

माघ ७ गते ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता नियमित अन्तर्राष्ट्रिय उडानबाट कागजातविहीन नेपाली आउनेक्रम जारी छ । 

स्रोतका अनुसार यो विमान अमेरिकाको न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउन लागेको हो । उक्त विमान अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई अवतरण गराएर सोझै नेपाल आउनेछ ।

नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार यसअघि मंसिर ३० मा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकाले चार्टर विमानमार्फत ८ जना आधिकारिक कागजात नभएका नेपालीलाई पठाएको थियो ।

बुधबार बिहान काठमाडौंमा आउने विमान बिहीबार दिउँसो ३ बजे अल्बानिया हुँदै अमेरिकाको न्यु ह्याम्पसर फर्किनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : २१ बजे