पाङ्ग्राबिना जनकपुरबाट उडेको बुद्ध एयरको जहाज काठमाडौँमा सुरक्षित अवतरण गरेको छ ।
बिहीबार दिउँसो ४:३९ बजे जनकपुरबाट काठमाडौँ उडेको उडान नम्बर ५०६ भएको कलसाइन ९ एन-एएनएज रहेको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै काठमाडौँमा ५:६ मिनेटमा अवतरण भएको हो ।
जहाज अवतरण गर्नेक्रममा अगाडिको पाङ्ग्रा नभएको थाहा भएको बताइएको छ । जहाजमा ६२ यात्रु थिए ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँमा अवतरण भइसकेपछि मात्रै जहाजको अगाडिको पाङ्ग्रा नभएको थाहा भएको थियो ।
काठमाडौँ ल्यान्ड भइसकेपछि पोस्ट फ्ल्याइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नभेटिएको र त्यसपछि खोजीका क्रममा जनकपुर एयरपोर्टको रनवेमा भेटिएको थियो । जहाज ग्राउन्डेड गरेर अनुसन्धान गरिएको छ ।







