६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

विद्युत प्राधिकरणका डिस्फलेमा प्रधानमन्त्रीलाई गाली गरिएको सूचना सार्वजनिक



नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपशब्द लेखिएको सूचना प्रसारण भएपछि हंगामा भएको छ ।

भारतप्र वितरण केन्द्रका कार्यालय प्रमुख वरिष्ठ इन्जिनियर रामु श्रेष्ठले बोर्ड ह्याक गरेर आफूलाई फसाइएको बताएका छन् भने एमालेको भातृ संगठनहरु युवा संघ र अनेरास्ववियूले उनको राजीनामा माग गरेका छन् ।

उक्त विवरण सार्वजनिक भएपछि मंगलबार नै एमाले कार्यकर्ताको एक समुह श्रेष्ठको कार्यालयमा पुगेर तोडफोड गर्नुका साथै उनीमाथि हातपात गरेका छन् ।

श्रेष्ठले भने पासवर्ड ह्याक गरेर उक्त डिजिटल बोर्डमा अपशब्द लेखेर सार्वजनिक गरिएको दावी गरेका छन् ।

अन्य समयमा उक्त बोर्डमा बिजुलीको मितव्ययीताका सूचनाहरु मात्रै डिस्प्ले हुन्थ्यो । सोमबार (हिजो) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पद जाने हल्ला चलिरहेकै बेला भरतपुर वितरण केन्द्रको बोर्डमा प्रधानमन्त्रीलाई गाली गरेर लेखेको सूचना प्रशारण भएको थियो ।

सोमबार दिउँसो १२ बजेदेखि १ बजेसम्म यो नारा डिस्प्लेमा देखिएको बताइएको छ । बिजुलीको बिल तिर्न कार्यालय परिसर पुगेका सेवाग्राहीले हो–हल्ला गरेपछि १ बजेको समयमा उक्त नारा हटाइएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १० : ४९ बजे