सिरिया मिसनस्थित मिसनमा हतियार लुटिएको विषयमा कमाण्डर प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) दिनेश खड्कासहित ६ जनालाई सैनिकमाथि अनुसन्धान सुर भएको छ ।
मिसनबाट नेपाद्य फर्केका खडंकासहितलाई सैनिक प्रहरीले विमानस्थलबाटे नियन्त्रणमा राखेर छानबिन अगाडि बढाएको बताइएको छ ।
सिरियामा नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश गरेर हतियार समेत लुटेर लगेको थियो । उक्त पोस्टका कमाण्डर प्रमुख सेनानी खड्का थिए । सोही घटनालाई लिएर सेनाले उनीसहित पोस्टको सुरक्षामा खटिएकाहरूमाथि छानबिन अगाडि बढाएको हो ।
सैनिक अधिकारीहरुले भने फर्किएको सैनिक टोलीसँग त्यसबेला के भएको हो भनेर विस्तृतमा बुझ्ने काम भइरहेको बताएको छ । विद्रोहीले हतियार समेत कब्जामा लिँदा ड्युटीमा नरहेकाहरूलाई भने सोधपुछ गरेर छाडिएको बताइएको छ ।
संयुक्त राष्ट्र संघ अन्तर्गत शान्ति स्थापनाका लागि नेपाली सेना ११ वटा मिसनमा खटिएको छ । हाल शान्ति मिसनमा ५ हजार ९ सयजना नेपाली सैनिकहरू मिसनमा खटिएका छन् ।
उक्त घटना भएको सिरियामा हाल ४३९ जना सैनिक कार्यरत रहेका छन् । तर घटना हुँदा त्यहाँ रहेका सबै शान्ति सैनिकहरू स्वदेश फिर्ता भई अर्को टोली पुगिसकेको छ ।









