१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

तानियो रातो मछिन्द्रनाथको रथ: हेर्नुस १५ फोटोमा


६ बैशाख २०७५, बिहिबार  

0
Shares

काठमाडौं । नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा बिहिबारदेखि सुरू भएको छ। ललितपुरको पुल्चोकस्थित कटुवाल दहमा विशेष पूजा गरी रातो मच्छिन्द्रनाथको रथ तानिएको हो ।

लिच्छवी राजा नरेन्द्र मल्लले लोककल्याणका लागि पाटनका विभिन्न सीपका नेवार समुदायको सामूहिक प्रयासमा ३२ हात लामो रथ निर्माण गर्न लगाएका थिए।

किंवदन्ती अनुसार लिच्छवि राजा नरेन्द्रदेवका पालामा गुरु गोरखनाथले नवनागको आसन बनाइ बसिदिएका कारण बाह्र वर्षसम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचाजु, ललित ज्यापु तथा कर्कोटक नागराजासमेत भारतको कामरूप कामाख्या गइ ‘वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याएको मानिन्छ।

मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जानेक्रममा नवनाग मुक्त भई वर्षा भएको विश्वास छ। मछिन्द्रनाथको रथ जात्रा भोटो देखाएपछि सम्पन्न हुन्छ।

 

प्रकाशित मिति : ६ बैशाख २०७५, बिहिबार  ७ : २१ बजे