११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026

कांग्रेसको प्रवासी समितिहरु संगठित, बन्यो ‘विश्व सञ्जाल’, अध्यक्षमा अमेरिकाका सुवेदी


१४ श्रावण २०७५, सोमबार  

0
Shares

न्युयोर्क । नेपाल बाहिर विभिन्न देशमा रहेका नेपाली कांग्रेसका प्रवासी संगठनहरु एकजुट गराउने उद्देश्यकासाथ नेपाली जनसम्पर्क अन्तराष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन भएको छ ।

विश्वका ३२ देशहरुमा रहेको कांग्रेसको जनसम्पर्क समितिलाई एकै छाता मुनि ल्याउने उद्देश्य राखेर अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरिएको विश्व सञ्जालमा आवद्धहरुले बताएका छन् ।

जनसम्पर्क समितिका अध्यक्ष र पदाधिकारीहरुको शुक्रबार युरोपमा भएको भेलाले विश्व सञ्जाल गठन गरेको हो । सञ्जालको अध्यक्षमा अमेरिकाका विष्णु सुवेदी रहेका छन । उपसभापतिहरु यूएईका चित्र केसी, कञ्चन पोखरेल र नवराज शिवाकोटी रहेका छन् । त्यसैगरी महामन्त्रीमा चिन्तामणि सापकोटा, कोषाध्यक्षमा सुभाष घिमिरे, सहमहामन्त्रीमा भूपि गोविन्द श्रेष्ठ र नविन आचार्य रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा पूर्ण तिम्सिना, कुलबहादुर गुरुङ, विराट श्रेष्ठ, विष्णु सापकोटा, डिपी कंडेल, हेमराज पाण्डे, राजेन्द्र जमरकट्टेल, ताराप्रसाद बंजाड, उत्तम कडेँल, टिकाराम सापकोटा, दीपक रेग्मी, कुश बस्नेत, उषा भूषाल, वेदनिधि आचार्य, नवराज लामिछाने, राजेन्द्र विरही, अंविर जोशी, भवानी शंक तिवारी, र ज्ञानेन्द्र खत्री रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७५, सोमबार  ७ : १७ बजे