अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१९ मा पहिलो पटक सार्वजनिक रूपमा ग्रिनलेण्ड किन्ने इच्छा व्यक्त गर्दा धेरैले यसलाई मजाकका रूपमा लिएका थिए । तर समयक्रममा हेर्दा यो विषय केवल व्यक्तिगत सनक नभई गहिरो भूराजनीतिक सोच, शक्ति सन्तुलन र भविष्यको विश्व प्रतिस्पर्धासँग जोडिएको देखिन्छ । ट्रम्पको राजनीतिक शैली असामान्य भए पनि ग्रिनलेण्डप्रति उनको चासो अमेरिकी रणनीतिक…