१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

नेपाल पछिल्लो २४ घण्टामा थपिए २७४ कोरोना संक्रमित



काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठामडौंमा मात्र थप ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ । २४ घन्टामा २२७ जना १४ हजार २४८ जना निको भइसकेको छ ।

थप संक्रमित मध्ये पर्सामा ४९ जना, काठमाडौंका ४८, बाँकेमा २० जना, नवलपरासी पूर्वमा १६ जना, धनुषामा १४, बारा र स्याङ्जामा १२/१२ जना, झापा र दैलेखमा १०/१० जना, सुर्खेतमा ९ जना, बर्दियामा ८ जना, महोत्तरी, बागलुङमा ६/६ जना, कैलालीमा ५ जना, धादिङ र सर्लाहीमा ४/४ जना रहेका छन् ।

त्यस्तै कास्की, लमजुङ र तनहुँ, दाङ र सल्यानमा ३/३ जना, भक्तपुर, ललितपुर, सुनसरी, मोरङ, उदयपुर, रौतहट, सप्तरी, प्युठान, नुवाकोट, कञ्चनपुर र डडेल्धुरामा २/२ जना, खोटाङ, दोलखा, चितवन र नवलपरासी, गोरखा, अर्घाखाँची, कपिलवस्तु, रुपन्देही प्युठान, मुगु, जाजरकोट र दार्चुलामा १/१ जनामा संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ६ : २६ बजे