१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025

प्रधानन्यायाधीश कार्की अचानक सक्रिय


१९ जेष्ठ २०७४, शुक्रबार  

0
Shares

काठमाडौं ।  अवकाशको एक साता रहेको र केही संवेदनशील राजनीतिक महत्वका मुद्दाहरू सर्वोच्चमा विचाराधीन रहेकै बेला प्रधानन्यायाधीश सुशीला कार्कीको सक्रियता बढेको छ ।

बुधवार सरकारी आवासमा एमाले र अन्तर्राष्ट्रिय दातृनिकायसँग नजिक मानिने दुई पूर्वप्रधानन्यायाधीश र कार्कीका विश्वासिला चार बहालवाला न्यायाधीशको उपस्थितिले उक्त सक्रियता पुष्टि गरेको हो ।

उत्तराधिकारी छनोटमा ढिलाइ भइरहेको, वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीविरुद्ध ‘शैक्षिक योग्यता र उमेर विवाद’ उठाउँदै उहाँको नियुक्ति रोक्न परेको सार्वजनिक हितको मुद्दाले रहस्यमय प्राथमिकता पाएपछि बारमा उत्पन्न तनावको सेरोफेरोमा उक्त बैठक बसेको हो । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार  ७ : २८ बजे