पाङ्ग्राबिना जनकपुरबाट उडेको बुद्ध एयरको जहाज काठमाडौँमा सुरक्षित अवतरण गरेको छ । बिहीबार दिउँसो ४:३९ बजे जनकपुरबाट काठमाडौँ उडेको उडान नम्बर ५०६ भएको कलसाइन ९ एन-एएनएज रहेको जहाज अगाडिको एउटा पाङ्ग्राबिना नै काठमाडौँमा ५:६ मिनेटमा अवतरण भएको हो । जहाज अवतरण गर्नेक्रममा अगाडिको पाङ्ग्रा नभएको थाहा भएको बताइएको छ । जहाजमा ६२ यात्रु थिए । …