८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

माअोवादीबाट जनार्दन शर्मा गृहमन्त्री बन्दै, महरा उपप्रधानमन्त्री


२४ जेष्ठ २०७४, बुधबार  

0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो चरणमा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । आज बसेको माओवादी हेर्डक्वार्टर बैठकले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभु शाहलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

नवनिर्वाचित प्रधानमन्त्री शेबहादुर देउवाले आज बुधबार पद तथा गोपनियताको सपथ लिनेछन् । लगतै सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नेछन् । जसमा माओवादी केन्द्रका तीन मन्त्री हुनेछन् ।

माओवादी केन्द्रले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीमा कृष्णबहादुर महरा, गृहमन्त्रीमा जनार्दन शर्मा प्रभाकर र गृहमा जनार्दन, उपप्रधानसहित परराष्ट्रमा महरा, प्रभु शाहलाई पठाउने निर्णय गरेको माओवादी नेता मणी थापाले बताए । प्रभु शाहको भने मन्त्रालय टुंगो लागेको छैन ।

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार  १२ : ५८ बजे