काठमाडाैं । तामाङ समुदायको पहिलो महिलाका रुपमा सिन्धुपाल्चोकका कान्छीमाया तामाङलाइ तामाङ घेदुङले सम्मान गरेको छ । शनिबार काठमाडाैंको नेपाल प्रज्ञा प्रतिष्ठानमा अायोजित एक कार्यक्रममा तामाङलाइ घेदुङका सल्लाहकार कुमार योञ्जनले सम्मान गरेको हुन्।
तामाङले जेठ ६ गते बिहान ६ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् । तामाङले मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पुर्याउने उद्देश्यले सगरमाथा अारोहण गरेकी थिइन् ।