५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

दोस्रो चरणको सबै स्थानीय तहको निर्वाचन परिणाम घोषित, एमाले पहिलो


२७ असार २०७४, मंगलबार  

0
Shares

काठमाडौं । दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको छ ।

मतपरिणामअनुसार नेकपा(एमाले) १५१ स्थानीय तहको प्रमुख जितेर पहिलो दल बन्न सफल भएको छ । नेपाली काँग्रेस १२२ तहमा प्रमुख नेकपा (माओवादी केन्द्र) ३८ तहमा प्रमुख, सङ्घीय समाजवादी फोरम नेपाल आठतहमा प्रमुख, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार र राष्ट्रिय जनमोर्चाका दुई उम्मेदवार प्रमुख÷अध्यक्षमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा स्वतन्त्र तीन उम्मेदवार पनि प्रमुख÷अध्यक्षमा विजयी भएका छन् । दोस्रो चरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख÷अध्यक्षमा एमालेले ४५.२ प्रतिशत, काँग्रेसले ३६.५ र माओवादी केन्द्रले ११.४ प्रतिशत पद जितेका छन् ।

पहिलो चरणअन्तर्गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा एमाले १२५ स्थानमा, कांग्रेस १०४ र माओवादी ४६ स्थानमा प्रमुखमा विजयी भएका थिए ।

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार  ३ : १२ बजे