नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय सकमक्षी नरेन्द्र मोदीबीच भोलि मात्र भेट हुने कार्यक्रम थियो । तर, बुधबार साँझ नै भेटवार्ता भयो । यसलाई ‘वार्मअप’ भेट भनिएको छ ।
Happy to welcome Rt Hon Shri Sher Bahadur Deuba ji, PM of close & friendly neighbour Nepal. Look forward to more extensive talks tomorrow. pic.twitter.com/jgqpmLRGbC
— Narendra Modi (@narendramodi) August 23, 2017
बिहिबार भारततर्फ प्रस्थान गरेका प्रम देउवाले बिहीबार विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ताहरु सुरु हुने कार्यक्रम थियो । त्यही अनुसार अाैपचारिक भेट भने भोलि मात्र हुने छ । अाज मोदी र देउवाबीच सेभेन रेसकोर्स रोडस्थित मोदी निवासमा करिब २०-२५ मिनेट कुराकानी भएको बताइएको छ ।