३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

देउवाले संसदमा भने, ‘आन्तरिक मामलाबारे सम्झौता गरेको छैन’


१२ भाद्र २०७४, सोमबार  

0
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा राष्ट्रहित कुनै पनि काम नभएको दावि गरेका छन् । व्यवस्थापिका संसदमा भारत भ्रमणकोबारे जानकारी दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो जानकारी गराएका हुन । देउवाले भने, ‘आन्तरिक मामलाको बारेमा कसैसँग सम्झौता गरेको छैन, र, हुन पनि सक्दैन ।’

 

प्रधानमन्त्री देउवाले भने, ‘नेपालको शान्ति प्रक्रिया, संक्रमणमा सघाई आएका नेपालको छिमेकी तथा मित्र राष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक घटनाबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न मिल्दैन ।’

संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भाद्र ७ देखि ११ गतेसम्म भएको पाँच दिने भ्रमणलाई भारत सरकारले उच्च प्राथमिकता दिएको दाबी गरे ।

प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणले नेपाल र भारतको विश्वासको आधारशीला बलियो बनाउनका साथै समझदारीलाई सुदृढ बनाउन सफल भएको टिप्णि समेत गरे । प्रधानमन्त्री दृउवाले भने, विगतमा भएका सम्झौता भएर अड्किएर बसेका विषयहरु अगाडि बढाउन यो भ्रमण सफल भएको छ ।’

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार  ४ : ४७ बजे