१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

प्रधानमन्त्री देउवाद्वारा महाकाली पुलको शिलान्यास


१५ भाद्र २०७४, बिहिबार  

0
Shares

कञ्चनपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल-भारत सीमा महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको शिलान्यास गरेका छन् ।

बिहिबार उक्त पुलको शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पश्चिमबाट समेत नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् ।

‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ प्रधानमन्त्रीले भने, ‘यो पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्वपूर्ण विकास परियोजना हो ।’

 

तीन अर्बको लागतमा निर्माण हुने ४ लेनको पुलको लम्बाई ८ सय मिटरको हुने छ भने ३ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७४, बिहिबार  ४ : १० बजे