६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

आरक्षणका दस वर्षः निजामतीमा दलित दुई प्रतिशतभन्दा कम


१८ भाद्र २०७४, आइतबार  

0
Shares

काठमाडौं । सरकारले निजामती सेवामा आरक्षण लागू गरेको दशौं बर्ष पुग्न लाग्दा पनि दलितहरुको प्रवेश २ प्रतिशत भन्दा कम रहेको जनाइएको छ । शुक्रबार नेपाल दलित कर्मचारी समाजले आयोजना गरेको आठौं बार्षिक उत्सव कार्यक्रममा नेपाल दलित निजामती कर्मचारी संंघले उक्त जानकारी दिएको हो ।

‘नेपालभर अहिलेसम्म २ प्रतिशत भन्दा कम अर्थात १६ सय जना दलित कर्मचारी रहेको तथ्यांक छ । दलितको जनसंख्या अनुसार १५ प्रतिशत सहभागिता हुनु पर्नेमा २ प्रतिशत भन्दा कम रहेको छ,’ दलित कर्मचारी संघका अध्यक्ष महेन्द्र विश्वकर्माले भने, ‘प्रशासन समुह र तल्लो तहमा केही उपस्थिीति भएपनि परराष्ट्र तथा उच्च निकायमा अहिले पनि उपीस्थीति हुन सकेको छैन ।’

 

सरकारले निजामती सेवामा आरक्षण लागू गरेको दश बर्ष पुग्न लाग्दा पनि उल्लेनीय उपस्थिीति हुन नसकेको भन्दै सरकारले उनीहरुको लागि लोकसेवा तयारी कक्षाको लागि व्यवस्था गर्नु पर्ने बताएका छन् । अधिकांश लोकसेवा तयारी कक्षाका तालिम राजधानीमा हुने र राजधानीमा आएर तालिम लिन नसकेका कारण कम उपस्थिीति भएको नेपाल दलित निजामती कर्मचारी संंघका महासचिव उदवीर नेपालीले बताए । ‘आरक्षण त छ तर तयारी कक्षा लिन आउन राजधानीमा बस्ने, खाने खर्च उनीहरुसंग हुँदैन,’ नेपालीले भने ।

‘सरकारले बिशेष बजेट छुट्टयाएर तयारी कक्षा दिलाउने हो भने उल्लेखनीय उपस्थीति सम्भव छ,’ उनले भने ।

सात बर्षदेखि दलित बिद्यार्थीलाई लोकसेवा तयारी कक्षा तालिम दिएकोमा अहिलेसम्म ३ सय जनाले यो तालिम लिएका छन् । अधिकृत स्तरको तालिम लिएकोमा अहिलेसम्म २५ जना शाखा अधिकृतमै प्रवेश गरेको र बाँकी अन्य पदहरुमा प्रवेश गरेको संघले जनाएको छ ।

सोही अवसरमा संघले निजामती सेवामा नवप्रवेशी कर्मचारीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा शेर बहादुर विश्वकर्मा सहायक द्धितिय समाज कल्याण संघ , खगेन्द्र बर्देवा नासु परराष्ट्र मन्त्रालय , पुर्ण विश्वकर्मा पुस्तकालय सहायक सिचाइँ बिभाग , दिनेश बर्देवा ना,शु.गौश्वरा हुलाक,सुनिता लकान्द्री नासु परराष्ट्र छन् । उनीहरुलाई बाणिज्य मन्त्री मीन विश्वकर्माले सम्मान गरेका थिए ।

 

 

 

प्रकाशित मिति : १८ भाद्र २०७४, आइतबार  ६ : ३१ बजे