काठमाडौं । नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २६ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्न कमिटि गठन गरेको एमालेले जनाएको छ।
कमिटिमा अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा. पुष्पराज कँडेल, विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल, डा. विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की , सावित्रा भुसाल, लालबाबु यादव, डा. युवराज खतिवडा, रमेश सिलवाल, हरि फुँयाल, रुद्र नेपाल, रमेश बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा. सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा छन्।