७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

गगन थापा माथि बम अाक्रमण, शिक्षण अस्पतालमा उपचार


१८ मंसिर २०७४, सोमबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापामाथि बम प्रहर भएको छ।

चुनावी प्रचारका लागि चपली पुगेका उनलाई लक्षित गरी बम प्रहार गरिएको प्रहरीले जनाएको छ। उनका सहयोगीहरुका अनुसार उनको टाउकोमा छर्रा लागेको छ। आफूमाथि भएको बम प्रहरबारे प्रतिक्रिया दिदै थापाले आफ्नो निर्वाचन कार्यक्रमबारे पूर्ण जानकार भएको व्यक्तिले नै बमप्रहार गरेको बताए।

बम प्रहर भएको एकैछिनमा उनलाई शिक्षण अस्पताल भर्ना गरी उपचार गराइएको थियो।

विस्फोटमा परी थापासहित जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा र सुमन खड्का घाइते भएका छन्।

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार  २ : ५० बजे