२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

डिभाइन क्लबको मेडिटेसन क्याम्पमा महेश बस्नेतदेखि रविन्द्र मिश्रसम्मको मोटिभेसन


६ फाल्गुन २०७४, आइतबार  

0
Shares

काठमाडौं । डिभाइन युथ क्लब नेपालले सञ्चालन गरेको तीन दिने मेडिटेशन क्याम्प भब्यताका साथ सम्पन्न भएको छ । क्लबले शनिबारदेखि भक्तपुरमा सुरु गरेको क्याम्पमा एक हजार बढी युवाको सहभागी भएको क्लबका अध्यक्ष उत्सव पाण्डेले जानकारी दिए ।

 

नयाँ थिमीस्थित श्यामा श्यामा धाममा भएको  मेडिनेसन क्याम्पमा देशका लब्ध प्रतिष्ठित तथा सफल व्यक्तिहरुले युवाहरुलाई मोटिभेसन स्पिच दिएका थिए । हास्यकलाकार मदनकृष्ण श्रेष्ण, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसँगै युवा नेता महेश बस्नेत, चिकित्सक बाबुराम हुमागाईं र मेमोरी किङका रुपमा चिनिएका गुगल ब्वाई अर्पण शर्मालगायतले उत्प्रेरणात्मक मोटिभेशन स्पिच दिएको क्लबका काठमाडौं सहसंयोजक संगम केसीले बताए ।

पछिल्लो पुस्ताका युवाहरुमा बढेको विकृति न्यूनिकरण गर्ने उद्देश्यका साथ मोटिभेसन क्याम्पको आयोजना गरिएको कार्यक्रम निकै प्रभाबकारी भएको सहभागीहरुले बताएका छन् । यस्तो प्रकारणको कार्यक्रमले जीवन जिउनुको अर्थ बुझ्न सजिलो भएको उनीहरुको प्रतिक्रिया थियो ।

‘अहिलेको समयमा जुन युवाहरुमा गलत संगत, नैतिक शिक्षाको कमी एवं विभिन्न तनाव भोगिरहेको अवस्था छ, त्यसमा कमी ल्याउनका लागि यो कार्यक्रम तय गरिएको थियो, जुन उद्देश्य हामीले पूरा भएको ठानेका छौं । क्लबका काठमाडौं सहसंयोजक केसीले भने ।

 

कार्यक्रमको अवसरमा पछिल्लो समयमा भक्तपुर जिल्लाको अरनिको राजमार्गमा भइरहेको दुर्घटना न्यूनीकरण गर्ने प्रयासमा एक बृहत जनचेतनामूलक ¥याली पनि सम्पन्न भएको छ ।

डिभाइन युथ क्लबले यसअघि पनि यस्ता खालका विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । २०७० सालमा स्थापना भएको यो क्लबले समाजकल्याण, वातावरण र देशको सेवाका क्षेत्रमा निकै महत्वपूर्ण काम गरिसकेको छ । बागमती सफाई अभियानमा सक्रिय भूमिका निर्बाह गरेको क्लबले जेष्ठ नागरिक सेवा, विद्यालयलाई शैक्षिक सामग्री प्रदान, स्वास्थ्य शिविर सञ्चालन, भूकम्पपीडितको आवास पुनर्निर्माणमा सहयोगलयागत थुप्रै समाज कल्याणको काम गरिसकेको छ ।

क्लबले स्थापना कालदेखि आजसम्म नेपालभर २४ जिल्लामा ४६ वटा शाखा फैलिसकेका छन् । यस क्लबमा आवद्ध करिब २५०० सदस्यहरुमध्ये अधिकांश स्नातक तह माथिका छन् । दायित्व निर्बाह गर्ने क्रममा विगत पाँच वर्ष यता वार्षिक रुपमा यस क्लबले ५० देखि ८० वटा विभिन्न प्रकारका सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतबार  ९ : ११ बजे