६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

अस्थायी शिक्षकको परीक्षा रोक्न विद्यार्थीले  गरे चक्काजाम


१६ चैत्र २०७४, शुक्रबार  

0
Shares

काठमाडौं । अस्थायी शिक्षकको परीक्षा रोक्न माग गर्दै विद्यार्थी संगठनहरुले आज देशभर आधा घन्टा चक्कजाम गरेक छन् । देशका प्रमुख क्याम्पस अगाडि अनेरस्ववियु, नेविसंघ र क्रान्तिकारी विद्यार्थी संगठनले चक्कजाम आयोजना गरेको हो ।

चैत २३ मा अस्थायी शिक्षकलाई अन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने गरी शिक्षक सेवा आयोग परीक्षा हुदैछ । अस्थायी शिक्षकले यसका लागि लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

यता सरकारले शैक्षिक माफियासँग मिलेर विद्यार्थीहरुको भविष्य अन्योलमा पारेको भन्दै परीक्षा तत्काल रोक्न माग गर्दै विद्यार्थीले आन्दोलन थालेका हुन् ।

सरकारले विधार्थीको माग पुरा नगरे कापी कलम थन्काएर सडकमा उत्रिने अनेरस्वियुका केन्द्रिय सचिव आरसी लामिछानेले जानकारी दिए ।

 

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार  १० : ०६ बजे