२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

जडिबुटीमा टिपरको ठक्करबाट युवतीको मृत्यु


३० जेष्ठ २०७५, बुधबार  

0
Shares

काठमाडौँ : बुधबार बिहान जडिबुटी चोकस्थित आकाशे पुलमुनि भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौँमा आउँदै गरेको बा ४ ख ३५५८ नम्बरको टिपरले सोहि दिशातर्फ आउँदै गेरेको बा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको दिँदा रौतहट भई हाल काभ्रे बनेपा बस्ने २४ वर्षकी अस्मिता राजभण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी राजभण्डारीको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा १२:४५ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक चालक प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार  १ : ४७ बजे