९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

प्रधानमन्त्रीको निर्देशनमा डा केसीलाई रातारात ल्याइयो काठमाडौं


४ माघ २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । इलाममा ९ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था  जटिल बन्दै गएपछि उपचारका लागि शुक्रवार बिहान  काठमाडौं ल्याइएको छ ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो ।

बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उनलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको केसी शुक्रवार ३ बजे हेलिमार्फत काठमाडौं आइपुगेका हुन्।

उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ ।

चिकित्सा शिक्षा विधेयकमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै केसी १६ औं अनसनमा बसेका हुन् ।

बिहिवार बिहान केसीको अनशनलाई समर्थन जनाउन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, केदारभक्त माथेमा, पूर्व सभामुख दमननाथ ढुंगाना र गायक अमृत गुरुङ इलाम पुगेका थिए ।

स्वास्थ्व अवस्था जटिल बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राति नै डा केसीलाई काठमाडौं ल्याएको बताइएको छ । सरकारले डा केसीको सबै माग पुरा भइसकेको दाबी गर्दै यो उत्सव मनाउनुपर्ने बेला भएको बताउँदै आएको छ ।

यता प्रमुख प्रतिपक्षी दलले भने गोविन्द केसीको मुख्य मागलाई वेवास्ता गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ४ माघ २०७५, शुक्रबार  ८ : ३० बजे