६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

भूपू गोर्खा सैनिकको प्रश्न: प्रथम र दोस्रो विश्वयुद्धमा बेपत्ता नेपाली सैनिकको तथ्याङ्क र क्षतिपूर्ति खोइ?


५ फाल्गुन २०७५, आइतबार  

0
Shares

काठमाडौं । भूतपूर्व ब्रिट्रिश सैनिक एवं सत्याग्रह संघर्ष समिति गेसो नेपालले प्रथम र दोस्रो विश्व युद्धमा बेपत्ता भएका नेपाली सैनिकको तथ्याङ्क र क्षतिपूर्तिको लागि नेपाल र ब्रिटिश सरकारलाई माग गरेको छन् ।

आइतवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबमा प्रथम र दोस्रो विश्व युद्दमा बेपत्ता भएका गोर्खाली सैनिकहरुको तथ्याङ्क र क्षतिपूर्ती नदिलाए भूपू ब्रिटिस सैनिक आन्दोलनको तयारीमा जट्ने समेत जानकारी दिएका छन् ।

कार्यक्रममा बेपत्ता भएको गोर्खाली सैनिकको तथ्याङ्क साथै बेलायति सैनिक र गोर्खाली सैनिकको पेन्शनमा समेत समानता हुनुपर्ने माग गरेका हुन् ।

‘उहि खतरा तर, असमान पेन्शन र फाईदा’ भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्राध्यपक डा. युवराज संग्रौला, सत्याग्रह संघर्ष समितिका प्रवक्ता क्याप्टेन हिमाल राई, भूपू सैनिक मणी किरण राई, भूपू सैनिक एलबि घले लगायतको उपस्थित रहेको थियो ।

सत्याग्रह संघर्ष समितिका प्रवक्ता क्याप्टेन राईले आफुहरुले अहिले समानताको लागि लडिरहेको उल्लेख गर्दै भने, ‘ब्रिटश सरकारले गोर्खाली सैनिकलाई ललिपप दिएर भुलाउने काम मात्र गरिरहेको छ ।’

‘प्रथम र दोस्रो विश्व युद्द लगायत सन् १९७५ देखि सन् १९९० सम्मका विभेदित मानिसहरुको क्षतिपूर्ति दिलाएमा नेपालमा करीब दश खरब रुपैया भित्रन्छ ।’ राईले भने, ‘हाम्रो माग नेपाल सरकारको पनि ध्यानआकृष्ट हुनु पर्छ । यदि हाम्रो मागको बेवास्ता भएमा नेपाल र ब्रिटिश सरकार विरुद्ध नै आन्दोलनमा उत्रिने छौं ।’

प्राध्यपक डा. संग्रौलाले तथ्य र तथ्याङ्को आधारमा नेपाल सरकारले नै बेपत्ता भएका गोर्खाली सैनिकको क्षतिपूर्तिको कुरा उठाउनु पर्ने धारणा व्याक्त गर्दै भने, ‘हाम्रो माग दया हैन समानता हो । यस विषयमा सहयोग गर्ने पक्षमा म पनि छु ।’

उनले ब्रिटिस सैनिक र गोर्खाली सैनिकको युद्धमा उत्तिकै भूमिका रहेको उल्लेख गर्दै भने, ‘युद्दमा मात्र समानता हैन गोर्खालीलाई तलब, पेन्सन साथै अन्य सुविधामा समेत समानता हुनुर्छ । यस विषयमा सबै भन्दा नेपाल सरकार गम्भीर हुनुपर्छ । मेलम्चीको पानीसमेत ल्याएर खुवाउन सक्ने शक्ति छ गोर्खाली सैनिकमा ।’

कार्यक्रममा नेपाल र ब्रिटिस सरकारलाई नै एक महिनाको अल्टिमेटम दिइने र त्यस पश्चात पनि माग पुरा नभए सव्य र भव्य आन्दोलनमा उत्रिने जानकारी दिएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ८ : ०३ बजे