काठमाडौं । राजधानीको होटल अन्नपूर्णमा आजबाट छैटौं हायर एजुकेसन फेयर शुरु भएको छ । भोलिसम्म चल्ने फेयरमा स्नातक तह र स्नातकोत्तर तह अध्ययन गर्न चाहने विद्यार्थीका लागि परामर्श दिइने आयोजक संस्था भिजन मिडिया एवं इजुकेसन डट कमका प्रबन्ध निर्देशक जीवन लामाले जानकारी दिए ।
कक्षा १२ को परीक्षा सार्वजनिक भएको समयलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा राजधानीका विभिन्न ४२ वटा कलेज सहभागी रहेको लामाले बताए । स्वदेशमै गुणस्तरीय शिक्षा दिन सकिने क्षमता रहेकोबारे अभिभावक र विद्यार्थीलाई जानकारी दिन हरेक वर्ष फेयर सञ्चालन गर्दै आएको उनको भनाई थियो ।
बिहान ९ बजेबाट शुरु हुने फेयर साँझ ६ बजेसम्म चल्नेछ । बम्पर प्राइजमा भने एक भाग्यमानी विद्यार्थीले स्कुटी उपहार पाउने आयोजकले जनाएको छ ।