धादिङ। धादिङको बेनिघटरोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बिहान ३:३० बजे बस खस्दा ४ जनाको ज्यान मृत्यु भएको छ भने १४ जनाको उद्धार गरिएको छ ।
३८ जनाको चलानी बोकेर सर्लाहीको मलंगवाबाट काठमाडौ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान करिव ३ः३० बजे त्रिशूली नदीमा खसेको थियो ।
धादिङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारका अनुसार अहिले उद्धारको काम भैहरेको छ । बसमा ४० जनाभन्दा धेरै यात्रु रहेको अनुमान गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी र स्थानीयहरुले उद्दार कार्य जारी राखिरहेका छन् भने घाईते १४ जनालाई उपचारको लागि पठाई सकिएको प्रहरीले जनाएको छ ।
अन्य हराई रहेकाहरुको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल विपद व्यवस्थापन गण कुरीनटारका गोताखोरको टोली घटनास्थल आउँदै गरेको छ ।