३१ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 13 2025

प्रदेश ३ को राजधानी सर्दैन : मुख्यमन्त्री पौडेल


२६ श्रावण २०७६, आइतबार  

0
Shares

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त हुने बताएका छन् । जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभामा मुख्यमन्त्री पौडेलले आफूले प्रदेशको राजधानी हेटौँडाबाट अन्यत्र सार्न लागेको भन्ने कुरा निराधार भएको स्पष्ट पारेका हुन् ।

मुख्यमन्त्री पौडेलले स्थायी राजधानी तोक्ने विषय आफूले मात्र चाहेर नहुने विषय भएको बताए । राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले मात्र तोक्न सक्ने संवैधानिक व्यवस्था भएको र आफू प्रदेशसभा सदस्यको हैसियतले एउटा मतदाता मात्र भएको उनको भनाइ थियो । “हेटौँडालाई राजधानीका रुपमा टिकाइ राख्न जोडबल गरिरहेको छु”, मुख्यमन्त्री पौडेलले भने ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ५६ बजे