११ माघ २०८२, शनिबार | Sat Jan 24 2026

सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौँ — प्रतिनिधिसभाका सभामुख अग्‍नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा सापकोटाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक आयोगका प्रमुखहरु, मन्त्रीहरुलगायत सरकारका उच्च पदस्थ अधिकारीको सहभागिता थियो।

सापकोटा आइतबार प्रतिनिधिसभाको सभामुखका निर्विरोध निर्वाचित भएका थिए। उनी सिन्धुपाल्चोक–२ बाट २०७४ मा भएको निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ४२ बजे