१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

नेपालमा कोरोन संक्रमितको संख्या बढेको बढ्यै, ७ हजार ८४८ पुग्यो



काठमाडौं । पछिल्लो २४ घन्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार नयाँ संक्रमितसँगै कूल संख्या ७ हजार ८४८ पुगेको छ । २२ जनाको मृत्यु भएको छ ।

नयाँ संक्रमितहरु अर्घाखाँचीमा ९७, दैलेखमा ८७, डडेलधुरामा ८४, अछाममा ४४, कैलाली ४२, बाजुरामा ४१, नवलपरासी पूर्वमा ३७, सुर्खेतमा ३४, रौतहटमा ३४, धनुषामा २९, बैतडीमा २५, कपिलवस्तुमा १६, तनहुँमा १५, गोरखामा ११, स्याङ्जामा ९, रुपन्देहीमा ९, पाल्पामा ६, पर्वतमा ५, पर्वतमा ४, गुल्मीमा ३, झापामा २, रुपन्देही ३, भक्तपुर ३, काठमाडौंमा २, नुवाकोटमा २, सर्लाहीमा २, नवलपरासी पश्चिममा २, ललितपुरमा १, महोत्तरीमा १, सिन्धुलीमा १, चितवनमा १, सिन्धुपाल्चोकमा १, बागलुङमा १, मनाङमा १ र मोरङमा १ रहेका छन् ।

त्यसैगरी कपिलवस्तुका १, रोल्पाका १, बाँकेका ३, बर्दियाका ३, दाङका ४, बझाङका ३, कञ्चनपुरका २ र डोटीका ५ छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन् । हालसम्म १ हजार १ सय ८६ जना निको भएर घर फर्केका छन् ।

 

 

प्रकाशित मिति : ४ असार २०७७, बिहिबार  ५ : १५ बजे