२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

अयोध्यापुरी राम जन्मभूमि भएकोमा प्रधानमन्त्री अडिग, ठूलो मुर्ती स्थापना गर्न निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादका बीच फेरी एक पटक िचतवनको अयोध्यापुरी राम जन्मभूिम भएको कुरामा जोड दिएका छन् । साथै उनले उक्त स्थानमा राम र सीताकाे ठूलो मूर्ती स्थापना गर्नका लागि निर्देशनसमेत दिएका छन् ।

उनले अयोध्यापुरी पर्ने माडी नगरपालिकाका प्रतिनिधिलाई बोलाएरै उक्त क्षेत्रको बृहत् गुरुयोजना नै बनाएर भगवान् रामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई निर्देशन दिएका हुन् । भानुजयन्तीको अवसरमा सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीले पहिलो पटक माडीको अयोध्यापुरी रामको वास्तविक जन्मस्थल भएको र भारतले नक्कली अयोध्या बनाएको दावी गरेका थिए ।

यसकाे देहभित्र र भारतमा पनि व्यापक विरोध भएको थियो । तर त्यसको परवाह नगरी उनले उक्त क्षेत्र पर्ने नगरपालिकाका प्रतिनिधिलाई बृहत गुरुयोजना बनाएर पठाउन र त्यहाँ राम र सीताका ठूला मुर्ती स्थापना गर्न भनेका हुन् । यही अगस्त ५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अयोध्यामा राम मन्दिरको भूिम पुजा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गरेको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिएका छन् ।

उनका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताए । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएको उनले बताए ।

माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  ७ : ४८ बजे