१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

नेपाली महिला समुहद्वारा प्रसृति गृहमा खाना सहयोग


Ang

२४ मंसिर २०७७, बुधबार  

0
Shares

न्युयोर्क आसपासमा रहेका नेपाली महिलाहरुको समुह ‘नेपाली लेडिज नाइट’ले कोभिड १९ महामारीकोबीच काठमाडौँको प्रसूति गृहमा रहेका दुई सय जना सुत्केरी र उनीहरुको कुरुवा महिलाहरुलाई झण्डै ३ महिना खाना खुवाएको छ ।

‘महिलाद्वारा महिलाको लागि’ भन्ने नाराका साथ सामाजिक सेवाको भावना बोकेको महिला समुहले काठमाडौँस्थित बहादुर शाह स्मृति प्रतिष्ठान र कीर्ति फाउण्डेसनको सहयोगमा खाना खुवाएको समुहले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ । समुहले करिब तीन महिना खाना खुवाउँदा एक लाख १० दस हजार खर्च भएको पनि जनाएको छ ।

समुहको यो मानवीय कामको लागि ज्याक्सन हाइटको क्विन्स डायमन्डका सूर्य महर्जनलगायत समूहका महिलाहरुले स्वेच्छाले आर्थिक सहयोग गरेका थिए । अमेरिकामा रहेर पनि दुखमा परेका नेपाली महिलाहरुका लागि महिला समुहले गरेको सहयोगप्रति बहादुर शाह स्मृति प्रतिष्ठानका महासचिव स्वर्ण शाहले धन्यवाद दिएकी छिन् । यो समूह कुनै धार्मिक तथा राजनीतिक समूह नभएर विशुद्ध महिलाहरुको सामाजिक समूह भएको समूहका सदस्य मुना राईले जानकारी बताइन्  ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ४९ बजे