काठमाडौं । संसद बिघटनलगायत पछिल्लो घट्नाक्रमको जानकारी लिन चीनले उच्चस्तरिय टोली पठाएको छ । पछिल्लो समय उत्तरी छिमेकी चीनले नेपालको राजनीतिक घट्नाक्रमका बारेमा चासो लिंदै आएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चीनबाट उच्च तहका नेताको नेतृत्वमा एक टोली आइतबार काठमाडौं आइपुगेको हो ।
चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली काठमाडौं आएका छन् । उक्त टोली बेइजिङबाट छङ्तु हुँदै आइतबार मध्यान्ह काठमाडौं उत्रिएका हुन् ।
यो टोलीले नेपालको राजनीतिक घटनाक्रम बुझ्नुका साथै राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आएको बताईएको छ । चिनियाँ राजदूत होउ यान्छी यसअघि नै नेकपाका नेताहरुसॅग छलफल गरिसकेकी छिन् । उनैको रिपोर्टको आधारमा उच्चस्तरिय टोली आएको हो । यसअघि पनि नेकपामा बिबाद हुॅदा राजदुत सक्रिय हुने गरेकी थिईन् ।
यस पटक उनले मिलाउन नसक्ने भएपछि बेईजिंगबाटै उच्च तहको टोली आएको हो । के फुटी सकेको नेकपालाई राष्ट्रपति सीको सन्देशले जुटाउन सक्ला? प्रश्न उब्जिएको छ ।