मुख्यमन्त्री शेरधनले गरे बिहे

२०७७ माघ ११, आईतवार १६:१८

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र पूर्व मिस मंगोल जाङ्मु शेर्पा वैवाहिक जीवनमा बाँधिएका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा विवाह समारोह सम्पन्न भएको हो ।

मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता थियो । शेरधन राई लामो समयदेखि राजनीतिमा सक्रिय छन् भने उनी यसअघि सांसद तथा सञ्चार मन्त्री भइसकेका छन् ।

शेर्पा भने सन् २०१८ मा मिस मंगोलको उपाधि जितेका व्यक्ति हु्न् । दुई जनाको बीचमा उमेरको अन्तर झण्डै दोब्बर छ ।

तस्बिरहरु : ध्रुव सुवेदीको फेसबुकबाट लिइएको हो ।

सम्बन्धित समाचार