१५ मंसिर २०८०, शुक्रबार | Fri Dec 1 2023

यौनहिंसा वढ्दै गएपछि सावधान निर्माण


Ang

८ चैत्र २०७७, आइतबार  

2
Shares

एभरेष्ट समाचारदाता
डालास टेक्सास

बाल यौन दुराचारलाई मुख्य विषय बनाएर निर्माण गरिएको ‘सावधानका निर्मात्रीहरुले पछिल्लो समयमा मूलूकमा बालवालिकाहरु माथि यौनहिंसा वढ्दै गएकोले सर्ट फिल्म निर्माण गरिएको वताएको छ ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको सर्ट फिल्म ‘सावधान’ लाई यूट्यूवमा सार्वजनिक भएको छ दिनमा नै तीन लाखभन्दा वढिले हेरेका छन । सावधान’ अभिभावकहरुलाई सचेत बनाउने उद्देश्यले फिल्म निर्माण गरिएको निर्देशक लामाले बताए।

‘आफ्ना छोराछोरीलाई हामी मिठो खाना, राम्रो लुगा र महागो शिक्षा त दिन्छौं तर उनीहरुमाथि भइरहेको दुव्र्यवहारबारे बेखबर हुन सक्छौं,’फिल्मको लेखकसमेत रहेका लामाले भने, ‘बेलैमा अभिभावक सचेत भएनन् र छोराछोरीको समस्या बुझ्न सकिएन भने ठूलै दुर्घटना निम्तिन सक्छ।’

नेपाल जस्तो देशमा यौनहिंसा जस्तो संवेदनशिल विषयलाई समेत ढाकछोप गर्ने प्रवृत्ती वढ्दै गएकोले यो सर्ट फिल्मले
समाजमा केही हदसम्म चेतनाको फैलाउनमा भूमिका निर्वाह गर्ने वताउदै सर्ट फिल्म निर्मात्री फुर्वा याङ्जी शेर्पाले भने-
वालिकाहरुमाथि हुने यौन दुव्र्यवहारमाथि अव संवेदनशिल हुन जरुरी छ ।

सर्ट फिल्ममा बर्षा राउत, काब्या अधिकारी र प्रवीण खतिवडाको मुख्य भूमिका रहेको छ। अन्य कलाकारमा आर्जेश रेग्मी, अनिता बस्नेत र भूपेन्द्रसिंह धामी लगायत कलाकारको अभिनय छ । निर्मात्री जाङमू शेर्पाले भने नेपालमा झण्डै ८० प्रतीशत भन्दा वढि महिला वालिका छदै यौन हिंसामा परिसकेका हुन्छन । उनले थपे- समाजीक भयले गर्दा
हामी त्यस्तो कुराहरु कहिल्यै ल्याउन मान्दैन । अधिकांश बाल यौन दुराचार परिचितबाटै हुने गरेको देखिन्छ। सर्ट फिल्मले यही विषयलाई केन्द्रमा राखेको छ।

अर्का निर्माता निमा शेर्पा श्रेष्ठका अनुसार सावधानको निर्माणसगै भविष्यमा सामाजिक कर्ममा समेत सक्रिय रहन तीनै जनाको पहलामा विन्ति नेपाल नामक सामाजिक अभियान समेत आरम्भ गरिसकेको छ । विन्ती नेपालले सामाजिक विभेद र उत्पिडनमा परेकाहरुको आवाजसगै शिक्षा र सचेतनामूलक कार्यक्रमहरु गर्दे लैजाने जनाएको छ । सावधानमा तीन जनाको लगानी रहेको छ । सावधान’ मा शैलेन्द्र ध्वज कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, शैलेश श्रेष्ठको सङ्गीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन छ । ‘सावधान’जम्मा फिल्म साढे १० मिनेटको छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : १७ बजे