२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

जेठ १३ सम्म निषेधाज्ञा, होटल र पार्टी प्यालेसमा बिहे गर्न नपाउने



काठमाडौँ । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपिएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ली अधिकारीको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउँदै दुई साता थप गरिएको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अत्यावश्यकबाहेक सबै सरकारी कार्यालयबाट हुने सेवा प्रवाह स्थगित गरिएको छ ।

अत्यावश्यक सेवा पनि सीमित कर्मचारीबाटै प्रवाह गर्न निर्देशन दिइएको छ । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका परेमा आयोजनाबाहेकका सबै निर्माण कार्यमा पनि रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री खरिदमा भीडभाड बढेकाले भन्दै किनमेलका लागि बिहान १ घण्टा समय थपिएको हो। अब निषेधाज्ञाका बेला होटल र पार्टी प्यालेसमा हुने विवाहमा पनि रोक लगाइएको छ

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : ५५ बजे