२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

शुक्रबार नेपाल आइपुग्दै चिनियाँ विदेशमन्त्री



काठमाडौं । परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने औपचारिक भ्रमणको घोषणा गरेको छ।

मन्त्रालयले विज्ञप्ती जारी गरी परराष्ट्रमन्त्री खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार नेपाल आउन लागेको जनाएको छ। उनी आइतबारसम्म नेपाल रहनेछन्।

नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । वाङ्ले शनिबार परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

नेपाल बसाइमा चिनियाँ विदेशमन्त्रीले प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट्ने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ०० बजे