२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

धौलागिरि चढेर फर्कंदै गर्दा ग्रिसका आरोहीको मृत्यु



ग्रिसका आरोही एन्टोनिस स्यकारिसकोअ धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा मृत्यु भएको छ । आरोहण पछि फर्कने क्रममा बिरामी भएपछि ७ हजार ४ सय मिटरको उचाईमा उनको मृत्यु भएको बताइएको छ ।

उनको आरोहण व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिसनका अनुसार ६० वर्षीय एन्टोनिस् ८१६७ मिटर अग्लो धौलागिरि हिमालको सोमबार सफल आरोहण गरेका थिए । त्यहीबाट फर्कने क्रममा अस्वस्थ भइ मृत्यु भएको हो । उनको पथ प्रदर्शकको रुपमा दावा शेर्पा थिए ।

ग्रिस रिपोर्टरका अनुसार एन्टोनिस ८ हजार मिटर भन्दा अग्लो पाँच हिमालको आरोहण गर्ने पहिलो तथा एक्ल ग्रिक नागरिक हुन् । उनले हालसम्म सगरमाथा‚ कञ्चनजंघा‚ मनास्लु‚ ल्होत्से र अन्नपूर्ण गरी ५ वटा हिमाल आरोहण गरिसकेका छन् । धौलागिरिको सफल आरोहणपछि यो संख्या छ पुगेको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ५ : ४६ बजे