२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

समता विद्यालयको सहयोगार्था सास्कृतिक कार्यक्रम हुदै


Ang

२२ आश्विन २०७९, शनिबार  

22
Shares

नेपालमा शिक्षावाट विमुख वालवालिकालाई सर्वसुलभ शिक्षा प्रदान गर्ने पवित्र उद्वेस्यले विगत २२ वर्षदेखि मुलुकका विभिन्न भागमा संचालित समता विद्यालयहरुमा हजारौं विद्यार्थीहरुले गुणस्तरिय शिक्षा प्राप्त गरिरहेका छन ।

प्रति विद्यार्थी मासिक रु १ सय शुल्क लिएर संचालन भैरहेको उक्त विद्यालयहरु पछिल्लो समय कोभिड महामारि र विश्वव्यापी महंगीका कारण संञ्चालन गर्न कठिनाई भइरहेकोले सहयोग संकलन कार्य भइरहेको छ ।

विद्यालय लगायत भौतिक संरचना जिर्ण वन्दै गएको यो जटिल परिस्थितिलाई मध्यनजर गरी विदेशमा रहेका नेपालीहरुले आआफ्नो क्षेत्रवाट मात्रीभूमीका उक्त विध्यालयहरुमा शिक्षा आर्जन गरिरहेका गरिव तथा जेहेन्दार वालवालिकाहरुलाई सहयोग गरौं भन्ने लक्ष्यका साथ अमेरिका स्थित समता ग्लोवल सिनेटले सहयोग संकलन कार्यक्रम आयोजना गर्ने भएको छ ।

समता ग्लोबल सिनेटको विद्यालयकाका संरक्षक समेत रहेका ख्याति प्राप्त हांस्य कलाकार द्वय महजोडी मदनकष्ण श्रेस्ठ र हरिवंश आचार्यको उपस्थितिमा विभिन्न शहरहरुमा विविध सास्कृतिक कार्यक्रमहरु हुने भएको जनाएको छ । यर्सै क्रममा न्यूयोर्कमा आगामी नोभेम्वर ५ मा हुने भएको छ । उक्त कार्यक्रम सफल पार्न सवै नेपाली दाजुभाई दिदी वहिनीहरको सक्रिय सहयोगको लागी आयोजक सस्थाले अनुरोध गरेको छ । न्यूयोर्कको कार्यक्रमलाई व्यवस्थापन ,समन्वय र प्रचार प्रसारको लागि व्यवस्थापन समिति गठन गरिएको सिनेटको बरिष्ठ उपाध्याक्ष टिका ढकालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : ०९ बजे