१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024

अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु



अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासको टारान्ट काउन्टीमा रहेको स्ट्रिप क्लबमा आइतबार भएको गोलीकाण्डमा तीन जना घाइते एका छन् । घटनामा गोली चलाउँने बन्दुकधारीको भने मृत्यु भएको छ ।

ट्यारान्ट काउन्टी शेरिफको कार्यालयले जनाएअनुसार आइतबार बिहान क्लबमा झगडा भएपछि ती व्यक्तिले पार्किङस्थलमा रहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए सो घटनाम तीन जना घाइते भएका थिए ।

फक्स न्युजको रिपोर्ट अनुसार सशस्त्र सुरक्षाबलले गोली हानेका व्यक्तिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । तीन घाइते अस्पतालमा उपचाररत छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ३१ बजे