२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

इजारयलमा हमासको आक्रमणमा नेपाली पनि घाइते, नेपाली विद्यार्थी सम्पर्कविहिन



दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी नेपालीहरु पनि घाइते भएको बताइएको छ ।

बिभिन्न सञ्चार माध्यमहरुले दिएको समाचार अनुसार घाइते भएका ९ जना नेपाली विद्यार्थीमध्ये ३ जनालाई अस्पताल लगिएको र २ जना बंकरमै रहेकाो उल्लेख छ । १२ जना भने बिहीन भएको बताइएको छ ।

तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा फसेका १७ जना नेपाली विद्यार्थीमध्ये दुईजनासँग मात्रै नियमित सर्म्पक भइरहेको छ ।

सर्म्पक टुटेको १२ जनाको अवस्थाबारे खोजी भइरहेको दुरावासले जनाएको छ । दूतावासले इजरायली निकायलाई विद्यार्थीहरु भएको स्थान बारे जानकारी उपलब्ध गराइसकेको र किवुज अलुमिन क्षेत्रमा अझै इजरायली सेना नपुगेको बताइएको छ ।

गाजा क्षेत्रबाट नजिक रहेको यो ठाउँ हमास लडाकुहरुको नियन्त्रणमा रहेको बताइएको छ । ती विद्यार्थीहरु शनिबार बिहान ६ देखि ७ बजेको बीचमा रकेट आक्रमणमा परेका थिए । जसमा ९ जना घाइते भएको सूचना दूतावास र साथीहरुले पाएका थिए ।

उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा गएका तिए । त्यहाँ ४९ नेपाली विद्यार्थीहरु पुगेका थिए । जसमध्ये ११ जना छात्रा छन् । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन् । ३२ जना कृषि विद्यार्थीहरु भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित रहेको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ०० बजे