इजरायली सेनाले हमासको नियन्त्रमा रहेको ३२ जना नेपाली युवालाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोतमा हमासले नियन्त्रणमा राखेका नेपालीहरुलाई इजरायली सेनाले स्कर्टिङ गरेर सुरक्षित स्थानतर्फ लगेको बताइएको छ ।
उद्धार गरिएकाहरुबाट प्राप्त जानकारी अनुसार उनीहरुलाई तेल अभिभतर्फ लगिएको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् ।
उनीहरुकै समूहका १० को आक्रमणमा मृत्यु भएको थियो । यो टोलीमा ४९ जना थिए । ‘बंकरबाट निकालेर हामी सबैलाई सुरक्षित स्थानतर्फ लगेको छ’ उद्दार गरिएका मध्येका एक जनाले सञ्चार माध्यमसद्ँग भनेका छन्, ‘अलग अलग क्याम्पबाट उद्धार गरिएको हो ।’