१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

रुसबाट मात्र नभई युक्रेनबाट पनि नेपाली लडिरहेको प्रधानमन्त्रीको भनाई



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरू रुसी सेनामा मात्रै नभएको भन्दै युक्रेनको तर्फबाट पनि युद्ध लडिरहेको बताएका छन् ।

जलवायु सम्बन्धी सम्मेलनमा भाग लिएर फर्केका प्रधानमन्त्री दाहालले सम्पादकहरुसँगको कुराकानी गर्नै सोमबार उक्त कुरा बताएका हुन् । उनले हालसम्म रुसी सेनामा भर्ती भएका ६ जना नेपाली मारिएकोसमेत जानकारी दिए ।

‘रुसी सेनामा मात्र गएका छैनन् नेपाली, युक्रेनको तर्फबाट पनि लडेका छन्,’ प्रधानमन्त्री दाहालले भने, ‘रुसी सेनामा गएका ६ जनाको मृत्यु भइसकेको छ ।’

यसअघि रुसमा चार जना नेपाली मारिएको समाचार सार्वजनिक भएको थियो । त्यस लगतै श्रम तथा रोजगार मन्त्रालयले रुसी सेनामा नेपालीको संलग्नाबारे अध्ययन गर्न समिति पनि गठन गरेको थियो । तर यसैबीच प्रधानमन्त्री स्वयंले रुसी सेनामा मात्र नभएर युक्रेनको तर्फबाट पनि नेपाली लडिरहेको जनकारी दिएका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : ४५ बजे