३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

राजावादीको प्रदर्शनमा घाइते एकजनाको मृत्यु



राजावादीको प्रदर्शनका क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन अराजक भएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको रहेको गृह मन्त्रालयले जनाएको छ ।

२९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा सहभागी रहेको बताइएको छ ।

तीनकुनेमा प्रदर्शनकारीले निजी घरमा लगाएको आगो निभाउनका लागि आएको दमकललाई पनि रोकेर तोडफोड गरेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ६ : २६ बजे