१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

निर्मलाको बलात्कारपछि हत्या प्रकरण : मुख्य अभियुक्त पक्राउ


४ भाद्र २०७५, सोमबार  

0
Shares

कञ्चनपुर भीमदत्त नगरपालिकाको १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्या २५ दिनपछि मुख्य अभियुक्त स्थानिय दिलिपसिंह विष्ट पक्राउ परेको छ।

साउनमा १० गते कक्षा नौ अध्ययनरत १३ वर्षीया बालिका निर्मला पन्त घरबाट साथीलाई भेट्न हिँडेकी भोलिपल्ट बिहान मृत अवस्थामा फेला परेकी थिइन् ।

अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले घटना भएको २५ दिनपछि ४१ बर्षिय स्थानीय  दिलिपसिंह विष्टलाई पक्राउ गरेको छ।

पक्राउ विष्टलाई प्रहरीले आजै अदालतमा उपस्थित गराई, प्रारम्भिक सोधपुछमा उनले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरी स्रोतले जानकारी दियो।

पक्राउ परेका विष्टलाई सोमबारै जिल्ला अदालत, कञ्चनपुरबाट म्याद थप गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार  ६ : ४५ बजे