२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

राजपा नेतालाई दूतावास बोलाएर भारतीय राजदूतले भने – निर्वाचनमा जानुस्


१७ जेष्ठ २०७४, बुधबार  

0
Shares

काठमाडौं । भारतीय राजदूतले स्थानीय निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई सुझाव दिएका छन् । मंगलबार बिहान राजपाका नेताहरुलाई दूतावासमै डाकेर राजदूत मञ्जीवसिंह पुरीले यस्तो सुझाव दिएका हुन् ।

राजपाका अध्यक्ष मण्डलका पाँचजना सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अनिल झा, शरत्सिंह भण्डारी कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक छाडेर राजदूत पुरीसँग भेट गर्न दूतावास पुगेका थिए ।

दुई घन्टा लामो छलफलमा राजदूत पुरीले घुमाउरो भाषामा निर्वाचनमा सहभागी हुँदा सहज हुने सुझाव दिएका थिए ।

‘तपाईंहरु आन्दोलनमा हुनुहुन्छ, निर्वाचनलाई आन्दोलनका रुपमा लैजान राम्रो होला,’ पुरीको सुझाव थियो । छलफलमा सहभागी एक नेताका अनुसार पुरीले सरकारले निर्वाचन १४ असारमा गर्ने तयारी गरिरहेकाले जाँदा सहज हुने भनाइ राखेको आजको नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार  ६ : ३७ बजे