२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

एनआरएन आइसिसिको महासचिवद्धारा निर्वाचन समिति अमेरिकालाई पत्र


Ang

८ श्रावण २०७४, आइतबार  

0
Shares

एभरेष्टटाइम्स
न्युयोर्क— एनआरएन अमेरिका निर्वाचन समितिले उम्मेद्धवरहरुको नामवाली सुची प्रकाशित गर्ने क्रममा अध्यक्षको उम्मेद्धवर गौरि जोशिको नाम नराखेपछि गौरिले आइसिसि र न्यायिक कमिटिलाई पत्र लेखेका छन । त्यही पत्रको आधारमा केन्द्रको महासचिव डा बद्री केसीले भोलिपल्टनै समितिका आयुक्त बन्दीता दाहाल शर्मालाई गौरिले एनआरएन एनसिसि अमेरिकामा काम गरेकोले अध्यक्ष पदको उम्मेद्धवरी बन्न योग्य भएको पत्रमा लखेका छन ।

पत्रमा लेखेको अनुसार सन २००६ बाट अमेरिकामा शुरु भएको एनआरएन अमेरिका विधिवत रुपमा आइसिसिसग अवद्ध भएको जानकारी गराउदै सन २००७ देखि २००९ सम्मको कार्यकालमा गौरिले काम गरेको जनाएको छ । महासचिव केसीले तुरुन्तै पठाएको पत्रको आधारमा जोशि अध्यक्ष हुनको लागी योग्य भनी पत्र मार्फत प्रष्ट पारेको छ । समितिले आइसिसिबाट प्राप्त पत्रको आधारमा छलफल गरिरहेको जनाएको छ । समितिले पनि सार्वजनिक रुपमा दिएको सुचनाको आधारमा गौरिले एनआरएन एनसिसिमा एक कार्यकाल पुरा गरेको प्रमाण कतै पनि नभेटेकोले नराखेको जनाएको छ । यही अगष्ठको १२ र १३ मा हुने निर्वाचनको लागी समितिले उम्मेद्धावरहरुको अन्तिम नामवाली यही २९ तारिख प्रकाशन गर्ने भएको छ ।

आइसिसिको महासचिव केसीले समितिलाई पत्र पठाएपछि आइसिसिको अमेरिका संयोजक सोनाम लामा र उपसंयोजक एसि शेर्पाले महासचिव केसीले एकलौटि ढंगबाट पत्र पठाएको भन्दै विरोध गरेको छ । ‘  हामीलाई केही जानकारीनै नदिई एकलौटि ढंगबाट महासचिव केसीले गलत ढंगबाट पठाएको पत्रप्रति हाम्रो आपत्ति रहेको छ ‘ एनआरएन आइसिसिको अमेरिकी संयोजक सोनाम लामाले भने-‘ आइसिसिको अध्यक्ष, उपाध्याक्षलाई समेत थाहै नदिई पठाएको पत्रले हाम्रो अधिकारलाई हस्तक्षेप गरेकोले महासचिव केसीलाई कर्वाही गर्न हामीले केन्द्रलाई पत्र पठाएको छौ’ । लामाले भने आइसिसिले कुनै पनि देशमा पत्र पठाउनका लागी त्यो देशको सम्बन्धीत आइसिसिको क्षेत्रिय संयोजकलाई जानकारी लिने परिपाटी रहेको छ ।

‘आइसिसिबाट पठाएको पत्र चलानीनै नगरिकना महासचिवले किर्ते गरि पठाएको पत्रप्रति हाम्रो आपत्ति रहेको छ ’ उपसंयोजक एसि शेर्पाले भने— हाम्रो केन्द्रीय अध्यक्ष शेष घले लगायत कार्यसमिति र हामी क्षेत्रिय संयोजक र उपसंयोजकलाई केही जानकारी नदिई यस्तो पत्र पठाउनु गलत हो ’ उपसंयोजक शेर्पाले बताए । आइसिसिको उपसंयोजक शेर्पाले भने ‘यो गैरजिम्मेवारी कार्यको हाम्रो अपत्ति रहेकेा छ’ ।

प्रकाशित मिति : ८ श्रावण २०७४, आइतबार  ८ : ३८ बजे