६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

एनआरएन बोर्ड अफ डाइरेक्टर शेर्पालाई सम्मान तथा बधाई


Ang

२७ भाद्र २०७४, मंगलबार  

0
Shares

न्युयोर्क — एनआरएन अमेरिकाको हालै सम्पन्न निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित ङिमा गेल्जेन शेर्पालाई चालक व्यवसायिक समिति र शेर्पा किदुगले आफनै भवनमा एक समारोहका वीच सम्मान तथा बधाई ज्ञापन गरियो । शेर्पा किदुगमा आयोजित कार्यक्रममा शेर्पा किदुगका अध्यक्ष उगेन शेर्पा, किदुगका सल्लाहकार तथा लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङदावा शेर्पा, चालक व्यवसायिक समितिका संयोजक दोमे लामा, समितिका निवर्तमान संयोजक छेवाङ लामा, निवर्तमान महासचिव जाङबु शेर्पा र महासचिव तेन्डी शेर्पाले खादा लगाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा उनीहरुले बधाईको साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए । निर्वाचित ङिमा गेल्जे शेर्पालाई रामेछाप गुम्देल ट्रष्टले पनि हालै बधाई ज्ञापन गरेका छन । कार्यक्रममा ङिमा गेल्जेन शेर्पाले सवैको माया र विश्वासले जितेपछि सवैको भावना अनुसार एनआरएन मार्फत केही कार्यहरु गर्ने सोच रहेको बताएका थिए । ‘ तपाईहरुले दिनु भएको माया, सदभाव र सहयोग अनुसार प्रवासी नेपाली समुदायको हितमा कार्य गर्ने योजना बनाएको छु’ ङिमा गेल्जेले भने—‘ हामी तपाईहरुकै साथ र सहयोगमा अघि बडने भएकोले निरन्तर सहयोगको आशा गरेको छु’ ।

प्रकाशित मिति : २७ भाद्र २०७४, मंगलबार  ११ : ०१ बजे