१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

उम्मेदवार छान्न कांग्रेसद्वारा १७ सदस्यीय संसदीय बोर्ड गठन


२५ आश्विन २०७४, बुधबार  

0
Shares

काठमाडौं । मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाहरूबाट जम्बो नाम सिफारिस भएर अाएपछि प्रमुख दल नेपाली कांग्रेसले उम्मेदवार छान्न १७ सदस्यीय संसदीय समिति गठन गरेको छ।

 

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आजै उक्त बोर्ड गठन गरेका हुन्।  समितिका १७ सदस्यहरुमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, डा. रामशरण महत, चित्रलेखा यादव, महेश आचार्य, बालकृष्ण खाण, डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७४, बुधबार  ५ : ०१ बजे